१६ असार २०८३, मंगलबार

कांग्रेस नेता पौडेलको दाबी : म पार्टी सुधार्ने मिसनमा छु, देउवाले समस्या गरे !

कांग्रेस नेता पौडेलको दाबी : म पार्टी सुधार्ने मिसनमा छु, देउवाले समस्या गरे !

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् ।

शनिवार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए ।

‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरू टुंगो लगाउनुपर्छ, अनि मात्र पार्टी एक हुन्छ,’ उनले भने । पार्टीमा छलफल र सल्लाह गरौला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप उनले लगाए ।

पौडल समूहको बहिष्कारबीच नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १ वर्ष म्याद थप गर्दै १४ औं महाधिवेशनको मिति तोकेको थियो ।

‘पार्टीमा केही समस्या छन्,’ पौडेलले भने, ‘समाधानका लागि मैले ९ बुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो ।’ उनले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताए ।

उनले पार्टीलाई सुदृढ बनाउन नेता कार्यकर्ताले विकल्प खोज्ने बताए । ‘म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिसनमा छु,’ उनले भने, ‘विकल्प कार्यकर्ताले खोज्छन् ।’

नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको उनले स्वीकार गरे । देशलाई भ्रष्टाचारमुक्त र कांग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने नेता पौडेलको धारणा छ ।

salt training

कमेन्ट गर्नुहोस्