३२ असार २०८३, बिहीबार

संगीतकार पेलाले २३ वर्षपछि ल्याए आँसु–३ एल्बम

संगीतकार पेलाले २३ वर्षपछि ल्याए आँसु–३ एल्बम

लामो समयदेखि शास्त्रीय संगीतमा साधनारत गायक तथा संगीतकार तिकलसिंह पेलाले २३ वर्षपछि आँसु एल्बमको तेस्रो भाग ‘निर्जन किनार’को प्रोमो सार्वजनिक गरेका छन् ।

शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आँसु–३ मा २ वटा नेपाली गजल, ४ वटा आधुनिक गीत, एउटा हिन्दी भजन गरी ८ वटा रचना समावेश गरिएको गायक पेलाले बताए ।

तीमध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गीतको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको हो ।

विक्रम संवत् २०५३ सालमा आफ्नै गायन तथा संगीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा संगीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए ।

आँसु एल्बमले त्यतिबेला निकै चर्चा पाएको थियो । विक्रम संवत् २०६१ सालदेखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी उनी शास्त्रीय संगीत साधनामा तल्लिन रहे । स्रोताहरूको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँसु भाग ३ लिएर सांगीतिक बजारमा पुनः आएको गायक पेलाले बताए । 

एल्बम पुस २६ गते औपचारिक समारोहबीच सार्वजनिक हुने भएको छ । सांगीतिक हिसाबले सुदूरपश्चिमलाई देउडाका माध्यमले बढी चिन्ने गरिन्छ तर पेलाले देउडाका साथसाथै शास्त्रीय संगीतका माध्यमलाई मूल विधा बनाए ।

उनले पनि देउडा नगाएका भने होइनन् । एउटा मातृभूमिप्रति समर्पित देउडा गीतको एल्बम नै निकाले उनले तर उनको छवि शास्त्रीय संगीतमै बन्यो ।  

ज्ञान विनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि ठग्नु जस्तो लागेर शास्त्रीय संगीतको लामो साधनापछि झण्डै २३ वर्ष पछाडि रेकर्डिङको दुनियाँमा आफू फर्केको पेलाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्