२३ जेठ २०८३, शनिबार

राजपाले छान्यो राष्ट्रियसभा सदस्य उम्मेदवार

राजपाले छान्यो राष्ट्रियसभा सदस्य उम्मेदवार

राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ का लागि राष्ट्रियसभा सदस्य उम्मेदवार छानेको छ ।

अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोको अध्यक्षमा बसेको बैठकले अन्य समूहबाट मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक/अपाङ्गता समूहबाट शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संयोजक महतोले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार छनोटबारे जानकारी दिएका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि आइतवार उम्मेदवारी दर्ता गरिँदैछ ।

राजपाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल गर्दै प्रदेश २ मा २ सिट लिएको छ भने नेकपालाई २ सिट दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्