
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि उनी र उनको परिवारका सदस्यले विश्वकै ध्यान खिँचेका छन् । तर ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पका बारेमा धेरैलाई थाहा छैन । यहाँ हामी उनका बारेमा रोचक तथ्य बताउँछौं ।

ब्यारोन ट्रम्पलाई तीनवटा भाषा आउँछ । अंग्रेजीका अलावा उनले आमा मेलानियाको मातृभाषा स्लोभेनियन पनि फरर बोल्छन् । पछि उनले फ्रेन्च भाषा पनि सिके ।
ट्रम्प टावरमा सानो कोठोका लागि पनि मानिसले थुप्रो भाडा तिर्छन् तर ब्यारोनका लागि एउटा पूरा तल्ला नै छुट्ट्याइएको छ । उक्त तल्लामा सबै सुखसुविधाका कुराहरू राखिएका छन् ।
उनी कोलम्बिया ग्रामर एन्ड प्रिपरेटोरी स्कूलमा पढ्छन् । यो स्कूल सन् १७६४ मा स्थापना गरिएको थियो । वर्षको ३७ हजार डलर पढाइमा खर्च हुन्छ यहाँ । यो स्कूलमा पढ्नुपर्ने भएकाले ब्यारोन ह्वाइट हाउसमा सरेका छैनन् ।
ब्यारोनकी आमा मेलानियाले काभियार माछाको अण्डाको व्यापार गर्थिन् कुनै समयमा । अहिले त यो बन्द भइसक्यो । तर ब्यारोन जन्मेपछि मेलानियाले उनको शरीरमा काभियार दल्थिन् । यो एकदमै महंगो खानेकुरा हो ।
ब्यारोन आफ्ना बा डोनाल्ड जस्तै छन् । मनमा आएको कुरा उनी फ्याट्टै भन्छन् । उनी जतिखेर पनि जित्न चाहन्छन् र त्यसका लागि कडा मेहनत गर्छन् ।
आफ्ना बा जस्तै ब्यारोन पनि गल्फ खेल्न रुचाउँछन् । ट्रम्प टावरमा गल्फ खेल्ने उनको आफ्नै तल्ला छ ।
ब्यारोन दिनदिनै सुटबुटमा सजिन्छन् । अरू लुगा लगाउन उनलाई मन लाग्दैन । महाधनीलाई सुटभन्दा तलको लुगा मन पर्ने कुरै भएन ।
उनी सार्वजनिक समारोहमा देखिन मन पराउँदैनन् । डोनाल्ड ट्रम्प र उनको परिवारका सदस्यले महत्त्वपूर्ण समारोहहरूमा भाग लिँदा ब्यारोन कमै मात्र देखापरे ।
आफ्ना सौतेनी दाजु र दिदीहरू असाध्यै ठूला उमेरका भएकाले ब्यारोन एक्लै खेल्न रुचाउँछन् । लेगो खेलौनाका अग्ला भवन बनाउनमा उनको रुचि छ । बाजस्तै भवन निर्माणमा उनको देखिन्छ ।
ब्यारोन आफ्नो उमेरभन्दा ठूला देखिन्छन् । अग्लो भएका हुनाले शायद उनी ठूला देखिएका हुन् । अनि सधैं कपाल कोर्ने भएकाले पनि उनी वयस्कजस्ता देखिएका हुनुपर्छ ।
विगत ५० वर्षमा ह्वाइट हाउस छिर्ने राष्ट्रपतिका छोरा सन्तान उनी पहिला हुन् । जोन एफ केनेडीपछि राष्ट्रपति बनेका सबैका छोरी मात्र थिए ।
ब्यारोन जापानमा प्रसिद्ध छन् । उनलाई हिरो बनाएर मांगा कमिक सिरिज नै बनाइएको छ जापानमा र त्यो हिट छ ।
ब्यारोन, उनकी आमा मेलानिया र बा डोनाल्डलाई न्युयोर्कमा सुरक्षा दिनका लागि दिनको दश लाख डलर खर्च हुन्छ ।
बाभन्दा फरक ब्यारोन ट्विटर खासै चलाउँदैनन् । उनलाई ट्विटरमा खासै उडाइएको छैन ।
बुवाआमाको हात समाउन मन पराउँदैनन् ब्यारोन । आफैं स्वतन्त्र उभिएको देखाउन चाहन्छन् उनी संसारलाई ।
एजेन्सी