३१ जेठ २०८३, आइतबार

प्रदेश ३ नाम र राजधानी : नेकपाभित्रै चर्को असन्तुष्टि

पुस २०, २०७६
प्रदेश ३ नाम र राजधानी :  नेकपाभित्रै चर्को असन्तुष्टि

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् ।

प्रदेशसभाको अधिकारमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको आरोप उनीहरूको छ ।

शुक्रवार र शनिवार प्रदेश संसदीय दलको बैठकमा बोल्ने कतिपय सदस्यले भने  पार्टी सचिवालयको निर्णय मान्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

बैठकमा शुक्रवार बोलेका १७ प्रदेशसभा सदस्यमध्ये अधिकांशले पार्टी निर्णयको विरोध गरेका थिए । शनिवार पनि ३ जना सदस्यले पार्टीको निर्णयको विरोध गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्