२३ असार २०८३, मंगलबार

भारतमा बसेर नेपालका बैंक ह्याक गरी रकम लुट्ने १ जना पक्राउ

भारतमा बसेर नेपालका बैंक ह्याक गरी रकम लुट्ने १ जना पक्राउ

नाइजेरियन तथा भारतीय नागरिकहरूसँग मिलेर नेपालका बैंकहरू ह्याक गर्दै रकम निकाल्दै आएका एक ह्याकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दीपक नेपाललाई पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले लोकान्तरलाई जानकारी दिए । 

उनी कृषि विकास बैंकको सिस्टम ह्याक गरी १ करोड निकालेर फरार भएका थिए । मोरङको रंगेली नगरपालिका–२ का ४३ वर्षीय नेपालले  भारतको मुम्बईमा बसी नेपालका बैंकहरू ह्याक गर्दै रकम निकाल्दै आएको प्रहरीले जनाएको छ । 

उनले ५ अर्बभन्दा बढी ह्याक गरी निकाल्ने योजना बनाएको प्रहरीको भनाइ छ ।

थप अनुसन्धानका लागि अहिले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्