
पोखरा ३० चैत्र - नेपाली काग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवारको मुखलाई नभइ काग्रेसको रुख चिन्हलाई भोट दिन कार्यकर्ता र सुभेक्षुकहरुसँग आग्रह गरेका छन् । कास्कीको पोखरामा प्रदेश नम्बर ४ स्तरिय सभालाई सम्बोधनगर्दै नेता श्रेष्ठले स्थानीय चुनावमा पार्टी भित्रबाट घात नभए काग्रेसले बहुमत ल्याउने दावी गरेका हुन् । ‘चुनावमा मुख हेर्ने होइन रुख हेर्ने हो’ उनले भने ।
श्रेष्ठले एमालेले नक्कली राष्ट्रवादको कुरा गरेर नेपाली–नेपाली लडाउने काम गरेको आरोप लगाए । ‘सीमामा बसेर जसले सीमा सुरक्षागर्ने काम गरेको छ, उसैलाई अपमान गर्ने काम भएको छ, नक्कली राष्टवादबाट सतर्क हुनुपर्छ’ श्रेष्ठले भने ।
सभालाई काग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।