

थाइल्याण्डमा अनिश्चय र चिन्ताको वातावरणको अन्त्य हुँदैछ।
महा वजिरालोङ्गकर्नलाई 'राम दशौँ ' को उपाधि दिइनेछ, अर्थात् उनी चक्री वंशका १० औं नरेश हुनेछन्। उनलाई २० वर्षको उमेरमा स्वर्गीय नरेशले उत्तराधिकारी तोकेका थिए। राज्यारोहण तत्काल भएपनि नयाँ राजाको राज्याभिषेक भने केही वर्षपछि मात्र हुने अनुमान छ ।
थाईल्याण्डमा राजसंस्थालाई उच्च सम्मान दिइने परम्परा र संवैधानिक व्यवस्था छ। कडा कानूनी संरक्षण दिइएको हुनाले राजाको आलोचना गर्ने चलन छैन; यस प्रथालाई पश्चिमी सञ्चारमाध्यमहरूले गैर-प्रजातान्त्रिक चलन मान्दछन्।
प्रशिक्षणका आधारमा विमानचालकको इजाजतपत्र लिएका युवराज अधिकांश समय विदेश (खासगरी जर्मनी) मा बिताउने गर्दथे।
थाईल्याण्डको राजसंस्था विश्वका सम्पन्न राजसंस्थाहरूमध्येको एक मानिन्छ।
राजा भूमिबलले झन्डै ७० वर्ष राज्य गरे। परम्परा अनुसार थाई नरेशको राजनीतिक अधिकार थिएन, परन्तु उनको प्रभावक्षेत्र व्यापक थियो।