१२ असार २०८३, शुक्रबार

एनआईसी बैंकको ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’

एनआईसी बैंकको ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’

एनआईसी एसिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ। 

बैँकले बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ। 

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख सम्मको बीमा सुविधा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्ने जनाइएको छ।

औषधि उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने जनाइएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्