
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो।
भुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगानाले केही समय अघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका थिए।
मोरङमा जन्मिएका ढुंगानाले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर थालेका थिए।