१६ असार २०८३, मंगलबार

मोबाइलको लत छुटाउन जब पिताले छोरालाई ८००० किमी टाढा लगे

मोबाइलको लत छुटाउन जब पिताले छोरालाई ८००० किमी टाढा लगे

क्यानडाका जेमी क्लार्कका १८ वर्षीय छोरा खोबेलाई मोबाइल फोनको लत थियो। उनी सामाजिक सञ्जाल र अनलाइनमा गेम खेलेर समय बिताउथेँ। 

यो लत छुटाउन पिता जेमीले यस्तो जुक्ति निकाले कि, अन्ततः खाेबेको लत छुट्यो। र, ती युवक अधिकतम समय परिवारसँग बिताउन थाले।

जेमी आफ्ना छोरालाई क्यानाडाबाट करीब ८००० किलोमिटर टाढा मंगोलिया पुगेका थिए। दुबै जनाले करीब एक महिनासम्म यात्रा गरेका थिए। उनले आफ्ना छोरालाई यस्ता ठाउँमा लगे कि जहाँ इन्टरनेट त परैको कुरा बस पनि चल्दैन।  उनीहरुको यात्रा मोटरसाइकलबाट थियो।

पर्वतीय क्षेत्रमा टेन्टमा रात गुजारे। जेमीले भनेका छन्, ‘यो ट्रिपले छोराको जिन्दगीमा परिवर्तन ल्याइदियो।' यस अघि उनी केही समय फोन चलाउन नपाएपछि रिसाउथे अनि झर्कन्थे। अब उनको यो बानी छुटेको छ। जेमी पेसामा पर्वतारोही हुन्।-एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्