
गृह मन्त्रालयले छाउपडी कुरीति नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएको १० दिनभित्र अछाममा झण्डै एक हजार छाउपडी गोठ भत्काइएका छन् ।
अछामका विभिन्न स्थानीय तहका टोलमा रहेका ९ सय ५० भन्दा बढी छाउगोठ जनप्रतिनिधि, प्रहरी, स्थानीय महिला र अगुवाले भत्काएका हुन् ।
मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।