०७ असार २०८३, आइतबार

डढेलोको मारमा परेको अस्ट्रेलियालाई राहतः प्रभावित क्षेत्रमा लगातार वर्षा

पुस २२, २०७६
डढेलोको मारमा परेको अस्ट्रेलियालाई राहतः प्रभावित क्षेत्रमा लगातार वर्षा

केही महिनादेखि भीषण डढेलोको सामना गरिरहेको अस्ट्रेलियामा वर्षा भएको छ ।

वर्षाका कारण केही समयदेखि लगातार बढिरहेको तापक्रमका कारण कष्टकर बनेको दैनिकीमा सामान्य राहत महसुस गरिएको छ । वर्षाका कारण अस्ट्रेलियाको तापक्रम केही घटेको छ । अस्ट्रेलियामा पछिल्ला दिनमा औसत ४४ डिग्री तापक्रम रहेको थियो । 

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गत सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा संकट सिर्जना गरेको छ ।

आइतवार र सोमवार भएको वर्षाका कारण केही राहत महसुस गरिए पनि आगलागी नियन्त्रणमा आउने सम्भावना कम रहेको अधिकारीले चेतावनी दिएका छन् । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ । 

डढेलोले संकटकाल घोषणा गरिएकमो न्यु साउथ वेल्सका केही क्षेत्रमा वर्ष भएको छ ।  राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्