३१ असार २०८३, बुधबार

मेगा बैंकको ‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना

मेगा बैंकको ‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । 

ग्राहकहरूकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरूलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो ।

६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरूलाई १७ वटा आकर्षक सुविधा तथा छूटहरूको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड नि:शुल्क रूपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छूटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो बचत योजनाले ग्राहकहरूको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ । 

ग्राहकहरूलाई आकर्षक एवं नविनतम सुविधाहरू प्रदान गर्दै मेगा बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ ।

नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभुति गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैँयासम्मको दुर्घटना बिमा, ३ लाख रुपैँयासम्मको प्राणघातक रोगहरूको बिमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमाको व्यवस्था बैंक आफैंले बिमा प्रिमियम शुल्क ब्योहोर्ने गरी बिमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स् मार्फत गर्ने भएको छ । 

आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरूले मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छूटको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

ग्राहकहरूको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका अहिले देशभर १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटीएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरू र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्