०७ असार २०८३, आइतबार

नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित २ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उनीहरूलाई १ हजार दरका २ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । सोमवार पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्