०५ साउन २०८३, मंगलबार

पुएर्तो रिकोमा ६.६ म्याग्निच्युडको भूकम्प, भवनहरू क्षतिग्रस्त (भिडियो)

पुएर्तो रिकोमा ६.६ म्याग्निच्युडको भूकम्प, भवनहरू क्षतिग्रस्त (भिडियो)

पुएर्तो रिकोमा मंगलवार ६.६ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पका कारण भवनहरू क्षतिग्रस्त भएका छन् । 

विगत दुई हप्तामा उक्त क्षेत्रमा लगातार भूकम्प आइरहेको छ र यो भूकम्प सबभन्दा ठूलो हो । 

भूकम्प स्थानीय समयअनुसार बिहान ४ः२४ मा आएको हो । त्यसको केन्द्रविन्दु ताल्लाबोआभन्दा तीन माइल दक्षिणमा रहेको र ६ माइलको गहिराइबाट आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । 

प्यासिफिक सुनामी वार्निङ सेन्टरले लगभग ०.०६५ फीट अग्लो सुनामी देखिएको जानकारी दियो । तटीय क्षेत्रका मानिसहरू चनाखो हुनुपर्ने उसले बतायो । 

तर सुनामीको उच्च जोखिम भने नरहेको उसको भनाइ छ । 

भूकम्पपछि पुएर्तो रिकोको विद्युत् प्राधिकरणले सुरक्षाका लागि बिजुली कटौती गरेको छ । स्थिति सामान्य बनेपछि फेरि लाइन दिने उसले जनायो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्