
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले घुससहित पक्राउ परेका प्रहरी नायव निरीक्षक हेमन्त केसी, मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाविरुद्ध मुद्दा दायर गरेको हो।
सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए बापत ७ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायव निरीक्षक केसीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
मालपोत कार्यालय साँखुका नायव सुब्बा कुइकेलले लेखापढी व्यवसायी सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार घुस लिएको अख्तियारको भनाइ छ। उनीहरु सोमबार पक्राउ परेका थिए।