२३ जेठ २०८३, शनिबार

विद्यार्थीको प्रदर्शनमा साथ दिन जेएनयू पुगिन् दीपिका

विद्यार्थीको प्रदर्शनमा साथ दिन जेएनयू पुगिन् दीपिका

हिंसाकोविरुद्ध प्रदर्शन गरिरहेका विद्यार्थीलाई समर्थन गर्न बलिउड नायिकादीपिका पादुकोण मंगलवार बेलुका जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) पुगेकी छन्।

उनी १० मिनेटसम्म विद्यार्थीसँग रहिन।  

कन्हैया कुमार भाषण गरिरहेका बेला दीपिका त्यहाँ पुगेकी थिइन्। त्यसपछि भाजपा नेता तेजिन्दर पाल सिंहले विद्यार्थीको समर्थन गरेको भन्दै दीपिकालाई बहिष्कार गर्नुपर्ने बताएको भारतीय मिडियाले लेखेका छन्।

दिल्लीमा रहेको यो विश्वविद्यालयमा गत आइतबार नकावधारी समूहले आक्रमण गरेको थियो।  आक्रमणमा विद्यार्थी र अध्यापक घाइते भएका थिए। उक्त घटनाको विरोधमा विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन्।

salt training

कमेन्ट गर्नुहोस्