२३ जेठ २०८३, शनिबार

सुलेमानीको शवयात्रामा भागदौड, ४० जनाको मृत्यु

पुस २३, २०७६
सुलेमानीको शवयात्रामा भागदौड, ४० जनाको मृत्यु

इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा मंगलवार दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

उक्त घटनामा कम्तीमा १९० जना घाइते भएका छन् । 

‘दुर्भाग्यवश शवयत्राका क्रममा अत्याधिक भीड भई भागदौड मच्चिँदा कम्तीमा हाम्रा ४० नागरिकले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्,’ इराकको आपत्कालीन सेवा प्रमुख पिरहोसेन कुलिमन्डले उक्त टेलिभिजन च्यानललाई बताए । उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्