०४ असार २०८३, बिहीबार

१ हजारले बढ्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

१ हजारले बढ्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

नेपाली बजारमा बुधवार सुनको मूल्य एकैदिन १ हजार रुपैयाँले वृद्धि भएको छ ।

मंगलवार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार १ हजार रुपैयाँले बढेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

बुधवार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधवार चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार भने चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्