०५ असार २०८३, शुक्रबार

घरबार नभएको व्यक्तिलाई सडकमा लगाइयो आगो

घरबार नभएको व्यक्तिलाई सडकमा लगाइयो आगो

ब्राजिलको एक सडकपेटीमा घरबारविहीन एक व्यक्तिलाई आगो लगाइएपछि उनको मृत्यु भएको छ । घटना सीसीटीभीमा कैद भएको छ । 

कार्लोस रोबर्टो भिएरा दा सिल्भा नामक ती व्यक्तिलाई आइतवार मध्यरातमा एक अज्ञात व्यक्तिले आक्रमण गरेका थिए । साओ पाउलो राज्यमा रहेको मूका शहरको सडकपेटीमा यो घटना भएको हो । 

सडक नजिकैको एक पसलमा रहेको सीसीटीभी क्यामरामा यो जघन्य आक्रमण कैद भएको हो । कालो लुगा लगाएका एक व्यक्तिले कागजको बाकसमाथि सुतिरहेका ३९ वर्षीय व्यक्तिमाथि इन्धन छर्केर आगो लगाएका थिए ।

त्यसपछि ठूलो विस्फोट भयो र आक्रमणकारी त्यहाँबाट भागे । 

भिएरा दा सिल्भाको पूरै शरीर आगोले डढेको र उनी घस्रँदै हिँडेको देखिन्छ । 

त्यसपछि एउटा गाडीबाट दुईजना दौडिँदै आएको र अर्का एक व्यक्तिले आगो निभाउन खोजेको देखिन्छ । 

सिल्भाको शरीरको ७० प्रतिशत भाग आगोले डढाएको थियो र उनलाई तत्कालै टाटुआपे अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरियो ।

अनुसन्धानकर्मीहरूले घटनास्थलमा पेट्रोलको ग्यालन भेटेका छन् । उनीहरूले उक्त क्षेत्रमा रहेका सीसीटीभी क्यामराहरू हेरेर पीडकलाई पक्राउ गर्ने आशा लिएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्