२२ जेठ २०८३, शुक्रबार

संसारकै रद्दी पासपोर्टमा पर्‍यो नेपाल, जापानी पासपोर्ट दुनियाँकै उत्कृष्ट [सूचीसहित]

संसारकै रद्दी पासपोर्टमा पर्‍यो नेपाल, जापानी पासपोर्ट दुनियाँकै उत्कृष्ट [सूचीसहित]

संसारकै रद्दी पासपोर्टमा पर्‍यो नेपाल, जापानी पासपोर्ट दुनियाँकै उत्कृष्ट

संसारका विभिन्न मुलुकहरूको पासपोर्टको शक्ति मापन गर्ने संस्था हेनली पासपोर्ट इन्डेक्समा नेपाली पासपोर्ट सबभन्दा कमजोरमध्येमा परेको छ । 

कुल १०७ वटा देशको पासपोर्टलाई सूचीबद्ध गरिएकोमा नेपाली राहदानी १०१औं स्थानमा छ । नेपालभन्दा मुनि लिबिया, यमन, पाकिस्तान लगायतका मुलुक छन् । अफगानिस्तान सबभन्दा तल छ ।

जापानको पासपोर्ट भने सर्वोत्कृष्ट मानिएको छ । जापानी पासपोर्टले संसारका १९१ मुलुकमा प्रवेशाज्ञा (भिसा) विनै वा अनअराइभल भिसा पाउँछ । 

रोचक कुरा त एसियाली मुलुकहरूले सूचीको शीर्ष स्थानमा कब्जा जमाएका छन् भने तल्लो स्थानमा पनि एसियाली मुलुकहरू छन् । 

दोस्रो स्थानमा एसियाली मुलुक सिंगापुर छ अनि तेस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् । 

केही युरोपेली मुलुकहरू शीर्ष दश स्थानमा अटाएका छन् । चौथो स्थानमा फिनल्यान्ड र इटली छन् भने स्पेन, लक्जेम्बर्ग र डेनमार्क पाँचौं स्थानमा छन् । स्विडेन र फ्रान्स छैठौं स्थानमा छन् । 

कुन देशको पासपोर्टले सबभन्दा बढी मुलुकमा भिसा नचाहिने वा अनअराइभल भिसा पाउने हो भन्ने आधारमा त्यसको शक्ति निर्धारण गरिन्छ ।

यी हुन् सर्वोत्कृष्ट पासपोर्ट भएका मुलुक :

१ जापान (१९१ गन्तव्य)
२ सिंगापुर (१९०)
३ दक्षिण कोरिया र जर्मनी (१८९)
४ इटली र फिनल्यान्ड (१८८)
५ स्पेन, लक्जेम्बर्ग र डेनमार्क (१८७)
६ स्विडेन र फ्रान्स (१८६)
७ स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड, अस्ट्रिया (१८५)

यी हुन्, सबभन्दा कमजोर पासपोर्ट भएका मुलुक :

१०० उत्तर कोरिया र सुडान (३९ गन्तव्य)
१०१ नेपाल र प्यालेस्टाइनियन टेरिटोरी (३८)
१०२ लिबिया (३७)
१०३ यमन (३३)
१०४ सोमालिया र पाकिस्तान (३२)
१०५ सिरिया (२९)
१०६ इराक (२८)
१०७ अफगानिस्तान (२६)

– सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्