३१ जेठ २०८३, आइतबार

भ्रमण वर्ष सफल पार्न कोलकातामा अभियान शुभारम्भ

भ्रमण वर्ष सफल पार्न कोलकातामा अभियान शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन नेपाली महावाणिज्यदूतावास कोलकाता परिसरमा मंगलवार सांस्कृतिक र पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमसहित नेपाल भ्रमण वर्ष २०२० अभियान शुभारम्भ कार्यक्रम गरिएको छ ।

महावाणिज्यदूत एकनारायण अर्याल, पश्चिम बंगालीकी विधानसभा सदस्य स्मीता वंशी एवं कोलकातास्थित चीन, अमेरिका, जापान, भुटान, म्यानमार, इटली, फ्रान्स, थाइल्याण्ड र अस्ट्रेलियाका आवासीय महावाणिज्यदूतद्वारा संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा महावाणिज्यदूत अर्यालले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष र २०२० दशकलाई पर्यटन दशक घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै नेपाल भ्रमणका लागि सहभागीलाई आमन्त्रण गरेका छन् । नेपाल भ्रमण गर्ने पर्यटकलाई विभिन्न संघसंस्थाले छुटसहित प्रवद्र्धनात्मक कार्यक्रम राखेकोबारे समेत उनले जानकारी दिएका छन् ।

कार्यक्रममा कोलकातास्थित अवैतनिक महावाणिज्यदूतहरू, भारतीय विदेश मन्त्रालय शाखा सचिवालयका पदाधिकारी, अन्य सरकारी उच्चपदस्थ अधिकारी, प्रहरी, कोलकाता भन्सार तथा बन्दरगाहाका उच्चपदस्थ पदाधिकारी, पश्चिम बंगालस्थित पर्यटन क्षेत्रमा संलग्न होटल व्यवसायी, पत्रकार, ट्राभल एजेन्सीका प्रतिनिधि, टूर अपरेटर, कोलकातामा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधि समेत करीब २५० जना सहभागी थिए ।

कार्यक्रममा नेपाली बहुजातीय, क्षेत्रीय पहिचान झल्किने लोकनृत्य, सांस्कृतिक कार्यक्रम, पर्यटकीय महत्त्वका क्षेत्र, हिमाल, पदमार्ग, वन्यजन्तु, धार्मिकस्थल, मठमन्दिर सम्बन्धी सूचनामूलक भिडियो प्रदर्शन गरिएको थियो । कार्यक्रमका सहभागीलाई भ्रमण वर्षको लोगो सहितका टोपी, ब्याच र पर्यटन सामग्री वितरण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्