०९ असार २०८३, मंगलबार

घरदैलोमा मेयर शाक्यः भन्छन्, ‘अढाई वर्षको प्रगति हेर्न आएँ’

घरदैलोमा मेयर शाक्यः भन्छन्, ‘अढाई वर्षको प्रगति हेर्न आएँ’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा क्षेत्रको पूर्वाधार तथा सामाजिक विकासका काममा रकमको चिन्ता नगर्न आग्रह गरेका छन्।

बुधबार वडा १० क्षेत्रका टोल र गल्लीहरुको अवस्था, पूर्वाधारको आवश्यकता र वडाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी लिन स्थलगत भ्रमणका क्रममा उनले यस्तो बताएका हुन्।

स्थानीय अवस्था हेर्न उनी बुद्धनगर, नयाँ बानेश्वर, गंगादेवी मन्दिर, सहभागिता मार्ग, देवीनगर, पुजा–प्रतिष्ठान मार्ग, युएन पार्कलगायतका क्षेत्रमा पुगेका थिए। मेयर शाक्यले यस अघि यसै गरी वडा नम्बर ७, ९, १६ र २६ को स्थलगत अवलोकन तथा अनुगमन गरिसकेका छन्।

उनले भने, ‘निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडा के भएछन्, जानकारी लिन आएको हुँ । तपाईहरुका समस्या वडाले समाधान गर्छ । वडाबाट हुन नसकेका काम वडामार्फत मसँग आउँछन् ।’ तिनको सम्बोधन गर्ने काम मेरो हो, टोलमा भेटेर पूर्वाधार तथा अन्य बिकासको माग गर्ने स्थानीयलाई उनले जवाफ दिए।

वडा १० ठूलो वडा हो । यस वडाबाट सञ्चालन हुने वडास्तरीय योजनाका लागि ३ करोड रुपैयाँ बिनियोजन भएको छ । यससँगै महानगरको ३९ औं कार्यपालिका बैठकले बिनियोजित रकमको ५० प्रतिशत थप गरेर पठाउने निर्णय गरेसँग अब यस वडाले थप १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । 

भ्रमणका क्रममा जथाभावी सडक खनिएको, सडक मिचेर घर पर्खाल लगाइएको, अनधिकृत स्थानमा फोहोर फालिएको, सडक किनारामा निर्माण सामाग्री थुपारिएको, सार्वजनिक जग्गा अतिक्रमण भएको, शिक्षा, सामाजिक बिकास, खेलकुद जस्ता काम र क्षेत्र हेरिएका थिए । त्यस क्रममा तत्काल सुधार गर्नुपर्ने र कारवाही चलाउनु पर्ने ठाउँमा तत्काल प्रक्रिया अघि बढाउन मेयर शाक्यले निर्देशन दिए।

salt training

कमेन्ट गर्नुहोस्