
इरान-अमेरिका तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले भनेका छन्, ‘इरानले गरेको मिसाइल आक्रमणमा कुुनै पनि अमेरिकीलाई क्षति भएको छैन।’
इरानले जेनरल कासिम सुलेमानी मारिने गरी भएको अमेरिकी हमलाको बदलास्वरूप इराकमा अमेरिकी सैन्यहरू रहेका हवाई अखाडामा मंगलबार राति मिसाइल आक्रमण गरेको थियो।
ट्रम्पले बुधबार राति भनेका छन्, ‘हिजो राति जुन हमला भएको थियो, घटनामा मानवीय क्षति भएको छैन। हाम्रा सबै सैनिक सुरक्षित छन्।’
इराकमा रहेका सबै अमेरिकी सैनिक सुरक्षित रहेको उनले जनाएका छन्।
इरानले भने कुल २२ मिसाइल खसाउँदा ८० अमेरिकी सैनिकको ज्यान गएको दाबी गरेको थियो।