बुधवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
पछिल्लो समय निरन्तर बढ्दै गएको सुनको मूल्य मंगलवार केही घटेको थियो । यद्यपी बुधवार सुनको मूल्यमा १ हजार रुपैयाँको वृद्धि देखा परेको थियो ।
बिहीवार भने नेपाली बजारमा सुनको मूल्यमा १ हजार रुपैयाँ प्रतितोलाको गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन नेपाली बजारमा छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाला सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
बिहीवार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार, बुधवार केही बढेको चाँदीको मूल्यमा बिहीवार पुनः गिरावट आएको छ ।
यसदिन चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।