
बुधवार नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बुद्ध एयरको विमानमार्फत झापा ओर्लिएका थिए ।
विमानस्थलको भीआईपी कक्षमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट भयो । पूर्वराजा ज्ञानेन्द्रको परिवार झापाबाट काठमाडौं फर्किंदै थियो ।
भीआईपी कक्षमा पुग्नासाथ पूर्वराजा ज्ञानेन्द्रले भण्डारीलाई नमस्कार गरे ।
‘मेरो हातमा झोला थियो, मलाई देख्नेबित्तिकै उहाँले पहिला नमस्कार गर्नुभयो, मलाई असजिलो महसूस भयो,’ पूर्वराजासँगको भेटबारे भण्डारीले लोकान्तरसँग भने, ‘यसपूर्व मेरो प्रत्यक्ष भेट भएको थिएन तर उहाँले म तपाईंलाई चिन्छु भन्नुभयो । आफ्नो नातिलाई पनि मसँग परिचय गराइदिनुभयो ।’
अपराह्न ४ः५० बजे काठमाडौंबाट उड्नुपर्ने विमान मौसमका कारण साँझ साढे ६ बजे मात्र काठमाडौंबाट उडेको थियो । जहाज आउन ढिला भएपछि पूर्वराजा परिवार विमानस्थलमा कुरेर बसेका थिए ।
‘पहिले नमस्ते पाउँदा अलि असझिलो महसूस भयो,’ भण्डारीले समाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
झापामा एक महिने बसाई सकेर पूर्वराजा बुधवार साँझ काठमाडौं फर्किएका हुन् ।
हेर्नुहोस्, नेता भण्डारीको स्टाटस :