२२ जेठ २०८३, शुक्रबार

एउटै जिल्लामा १५ सय विद्यालयको भवन पुनः निर्माण बाँकी

एउटै जिल्लामा १५ सय विद्यालयको भवन पुनः निर्माण बाँकी
प्रतिकात्मक तस्वीर

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएका काभ्रेका  १७६ विद्यालयलाई ‘सम्पन्न प्रमाणपत्र’ वितरण गरेको छ  । 

‘चौथो राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ को अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिमार्फत प्रमाणपत्र वितरण गरेको  हो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौडेलले  विद्यालयका भवन भूकम्प प्रतिरोधी  रहेका जानकारी दिए ।

भूकम्प प्रभावित जिल्लामा जम्मा सात हजार ५०० विद्यालय भवन निर्माण हुनुपर्नेमा पाँच हजार ५०० बनेका , एक हजार ५०० निर्माणको चरणमा रहेको तथा अगामी एक वर्षभित्रमा सम्पन्न हुने कार्यक्रममा जानकारी दिइयो । 

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेका प्रमुख द्धारिका पोखरेलले विद्यालय भवन निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताए ।

तोकिएको समयभन्दा अगाडि सम्पन्न गरिएको मध्ये महाभारत गाउँपािलका–३ फोक्सिङटारका भैरवेश्वर आधारभूत विद्यालय देउराली, धुलिखेल नगरपालिका–११ डाँडागाउँस्थित कालीदेवी मावि र रोशी गाउँपालिका–९ मङ्गलटारका मङ्गल जनविजया माविलाई प्रशंसापत्र वितरण गरिएको थियो । 

उत्कृष्ट कार्यसम्पादन गर्नुहुने सवइञ्जिनीयरमध्येबाट श्रेया झा, सविन कायस्थ, दीपक बोहोरा र निर्जल बोहोरालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्