
सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति’ योजना अन्तर्गत साउदी अरबको अरब नेसनल बैंक टेलिमनीबाट पैसा पठाएर बम्पर उपहार १० लाख रुपैयाँको लक्की ड्रमा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता घोषणा गरिएको छ ।
उपहार योजना अवधिभर हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले १० हजार रुपैयाँ नगद र ३ जनाले १ लाख रुपैयाँ नगद प्राप्त गरिसकेका छन् ।
ती सबै उपहारहरू विद्युतीय लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताले दैनिक २०० रुपैयाँको मोबाइल टपअप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा १० हजार रुपैयाँ ३ जनालाई र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनाले १ लाख रुपैयाँ र अन्त्यमा १ जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताका लागि दशैं, तिहार र छठलाई लक्षित गर्दै यस ‘लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति’ योजनाको आयोजना गरेको थियो । लखपति योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी भएका थिए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टबाट ७ हजा। ५०० भन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।