२६ जेठ २०८३, मंगलबार

राष्ट्रिय सभाका कुनैपनि उम्मेदवारले नाम फिर्ता लिएनन्

राष्ट्रिय सभाका कुनैपनि उम्मेदवारले नाम फिर्ता लिएनन्

आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारले नाम फिर्ता नलिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय बिहीवार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म थियो ।

‘मनोनयन पत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको व्यहोरा अनुरोध छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘भोलि मिति २०७६।९।२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम (बिहान १० बजे देखि दिनको १ बजेसम्म) र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम (दिनको १ बजे देखि दिनको ४ बजेसम्म) रहेको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।’

राष्ट्रिय सभामा १९ सांसदको २ वर्षे कार्यकाल सम्पन्न हुन लागेकाले रिक्त हुने पदहरूमा नयाँ सांसद चयनका लागि निर्वाचन हुन लागेको हो ।

१९ मध्ये १ पदमा भने राष्ट्रपतिले नियुक्त गर्नेछिन् ।

salt training

कमेन्ट गर्नुहोस्