२३ जेठ २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन

नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन
फाइल फोटो

नारायणगढ–मुग्लिन सडकखण्ड बिहीवादेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए ।

दिउँसोको समयमा दैनिक ४ घण्टा सवारीसाधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारी साधन रोक्दै पूरा गरिने खनालले बताए ।

‘बाँकी रहेका केही सामान्य कामहरू आगामी दिनमा थोरै–थोरै समयको अन्तरालमा सवारीसाधनलाई रोक्दै ट्राफिक व्यवस्थापन मिलाउँदै गछौं,’ उनले भने ।

नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका ८ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गत मंसिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम हुँदै आएको थियो ।

पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आगामी वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षात्को समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्