०१ असार २०८३, सोमबार

सेक्युरिटी प्रेस खरिद प्रक्रियाबारे मन्त्री बास्कोटा भन्छन् : सरकारले सहयोग गर्छ

पुस २५, २०७६
सेक्युरिटी प्रेस खरिद प्रक्रियाबारे मन्त्री बास्कोटा भन्छन् : सरकारले सहयोग गर्छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा संसदका २ वटा समितिले राखेको चासोलाई सरकारले सहयोग गर्ने बताएका छन् । 

नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले लेखा समिति र अर्थ समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कुनै गडबड छ कि भनेर छानबिन वा अध्ययनका  लागि कागजपत्र माग गरेको बताए ।

उनले भने, ‘२ वटा समितिले उठाएको चासोलाई सम्मान गर्नुपर्छ । कागजपत्र अध्ययन गरेर छिटो निकास दिनुस् । यसले सरकारका कामकारबाहीमा सहयोग नै पुग्दछ ।’ गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्