२५ जेठ २०८३, सोमबार

नेकपामा संविधान संशोधनको बहस

पुस २५, २०७६
नेकपामा संविधान संशोधनको बहस

सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस शुरू भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आफूलाई राष्ट्रिय सभामा जान प्रस्ताव गरेपछि नेता वामदेव गौतमले संविधान संशोधन गर्नुपर्ने सर्त राखेका थिए । उनी प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । 

संविधानको धारा ७६ (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ । यो धाराअनुसार राष्ट्रिय सभा सदस्य प्रधान्मन्त्री बन्न पाउने छैनन् । 

तर नेता गौतमले यसलाई संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव गर्दै आएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्