०३ साउन २०८३, आइतबार

टिपरको ठक्करबाट धनुषामा १ जनाको मृत्यु

पुस २५, २०७६
टिपरको ठक्करबाट धनुषामा १ जनाको मृत्यु

टिपरको ठक्करबाट धनुषामा एक युवकको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी  रमेशकुमार बस्नेतले लोकान्तरलाई जानकारी दिए  । 

मर्निङवाकमा रहेका महतोलाई बिहान साढे चारबजे टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने ना ७ ख ६४१३ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिपर सञ्चालकले महतोको नियोजित हत्या गरेको भन्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन् । एसपी बस्नेतले लोकान्तरसँग भने, घटना घटेको छ, अत्यधिक भीड भएकाले के भएको हो भन्नेर बुझ्न पाइसकेका छैनौं । अनुसन्धान भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्