२९ जेठ २०८३, शुक्रबार

मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फूटबल संघ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । 

एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका ६ खेलाडीलाई कारवाही गरेको हो ।

मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५–५ खेल तथा रञ्जन विष्टलाई २ खेलमा प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई २–२ खेलमा प्रतिबन्ध लगाइएको छ ।

जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

यसैगरी आ–आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए ।

खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रंगशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरूलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्