०९ साउन २०८३, शनिबार

नेकपा महानगर कमिटीको संसदीय दल गठन, दलको नेता विद्यासुन्दर शाक्य

नेकपा महानगर कमिटीको संसदीय दल गठन, दलको नेता विद्यासुन्दर शाक्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ ।

पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार कमिटीको उपनेतामा वडा नं ३ का अध्यक्ष दीपक केसी, प्रमुख सचेतकमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र सचेतकमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीलाई जिम्मेवारी दिइएको हो । नेकपाले आगामी दिनमा २७ सदस्यीय नयाँ समिति (बोर्ड) गठन गर्ने छ ।

कमिटीका इन्चार्ज जीवनराम श्रेष्ठले महानगर कमिटी आफैं जिल्ला कमिटी भएकाले स्थानीय सरकारलाई जनउत्तरदायी बनाई सुशासन कायम गर्न उक्त दल गठन गरिएको बताए ।

निर्वाचन क्षेत्र नं ८ का सांसदसमेत रहनुभएका श्रेष्ठले महानगरको विकास तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन यो नेतृत्वले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा समेत रहनुभएका श्रेष्ठले महानगर विभिन्न कला, संस्कृति र सम्पदाले भरिएकाले पर्यटकलाई आकर्षित गर्न सकेमा सरकारले हालै प्रारम्भ गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्