२८ असार २०८३, आइतबार

प्यारो बच्चा बचाउँदा जल्यो ‘तानाशाह’ किम जोङको तस्वीर, महिलालाई जेल !

पुस २५, २०७६
प्यारो बच्चा बचाउँदा जल्यो ‘तानाशाह’ किम जोङको तस्वीर, महिलालाई जेल !

उत्तर कोरियाका नेता किम जोङ उनको शासनलाई ‘तानाशाही’ भनेर विश्वभर चर्चा गरिन्छ । हालसालै सार्वजनिक भएको एक घटनाले किमको कठोर शासनबारे थप प्रस्ट भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाको एउटा घरमा आगलागी हुँदा एक महिलाले आफ्नो बच्चालाई हतारहतार घरबाहिर निकालिन् । तर उनले घरभित्रबाट किमको तस्वीर सुरक्षित रुपमा निकाल्न बिर्सिइन् ।

उत्तर कोरियामा हरेक व्यक्तिले आफ्नो घरमा किमको तस्वीर राख्नुपर्ने व्यवस्था छ । घरमा भएको आगलागीबाट प्यारो बच्चा बचाउन सफल भएकोमा महिलालाई खुशी होइन, जेल जानुपर्ने भएको छ ।

बच्चालाई बचाउने क्रममा किमको तस्वीरमा आगो लागेपछि ती महिलाविरुद्ध ‘राजनीतिक अपराध’ मुद्दा चलाइएको जनाइएको छ । उत्तरी हेमयोङ प्रदेशको अन्सङकी पीडित महिलाको नाम भने सार्वजनिक भएको छैन ।

आगलागी हुँदा किमको तस्वीर सुरक्षित गर्नुपर्ने प्राथमिकतालाई छाडेर बच्चा बचाउनतिर ध्यान दिएको अभियोगमा ती महिलामाथि मुद्दा चलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । महिलामाथि लागेको राजनीतिक अपराधको मुद्दामा जेल सजाय समेत हुनसक्ने जनाइएको छ ।

यसरी घरमा आगो लाग्दा तस्वीर सुरक्षित राखिएका घटना यसअघि समेत सार्वजनिक भइसकेका छन् । तस्वीर सुरक्षित राख्ने व्यक्तिलाई भने किम प्रशासनले सम्मानित गर्ने गरेको छ । यसरी तस्वीर बचाउन खोज्दा बच्चाको निधन हुने गरेका घटना समेत यसअघि सार्वजनिक भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्