
इरान र अमेरिकाबीचको तनाव चरम उत्कर्षमा पुगेकै दिन इरानमा एक बोइङ विमान दुर्घटना भएको थियो ।
इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको केही समयमै युक्रेनबाट १ सय ८० जना यात्रु बोकेर उडेको सो विमान इरानमा दुर्घटनाग्रस्त भएको थियो ।
विमान दुर्घटनामा परि त्यसमा यात्रारत सबैको मृत्यु भयो । इरानले यस घटनामा विमानको इन्जिनमा खराबी आएकाले दुर्घटना भएको बताएको थियो । यद्यपी इरानले अहिले आफ्नो गल्तीका कारण विमान दुर्घटना भएको स्विकार गरेको छ । इरानले विमान दुर्घटना हुनुमा मानवीय गल्ती भएको बताएको छ ।
रोयटर्सका अनुसार इरानको मिलिट्रिले एक टीभीमा मानवीय भूलका कारण एयरक्राफ्टमा निशाना बनाइएको स्विकार गरेका छन् । उनले भनेका छन्, विमान इरानको सेन्सेटिभ मिलिट्रीको साइटमा उडिरहेको थियो । त्यतिबेला नै निशाना बनाइएको हो ।