०६ असार २०८३, शनिबार

पृथ्वीनारायण शाहको सम्मानमा भोलि सार्वजनिक बिदा

पृथ्वीनारायण शाहको सम्मानमा भोलि सार्वजनिक बिदा

पृथ्वी जयन्तीको अवसरमा भोलि पुस २७ गते आइतवार गोरखा जिल्लाका गोरखा र पालुङटार नगरपालिका तथा भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् । 

आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै शाहको सम्मानमा बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्