
प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुस महिनाभित्र २ पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् ।
राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताए ।
अध्यक्ष थापाले भने, ‘पुसभित्र २ पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौं, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौं ।’
अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी कांग्रेस कम्युनिस्टको विकल्पको रूपमा रहेको बताए ।
कार्यक्रममा अध्यक्ष थापाले पूर्व जनमुक्ति सेनाका कमान्डर दिनेश जोशी ‘विक्रम’ र उनकी पत्नी तारालाई राप्रपा प्रवेश गराएका छन् ।