१३ असार २०८३, शनिबार

जीप दुर्घटना हुँदा युवाको मृत्यु

जीप दुर्घटना हुँदा युवाको मृत्यु

पोखरा महानगरपालिका–१३ अवस्थित थापाको चौतारा नजिकै जीप दुर्घटना हुँदा शनिवार १ जनाको मृत्यु भएको छ ।

आर्वाको उपल्लो गाउँबाट काहुँखोलातर्पm आउँदै गरेको दाना बोक्ने ग२च ९८५ नम्बरको जीप अनियन्त्रित भई अचानक पल्टिँदा १७ वर्षीय मनबहादुर सुनारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–१ दरौं सिरुवारी घर भई पोखरा– १४ चाउथे बस्दै आएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जीपमा सवार अन्य २ जनाको अवस्था सामान्य रहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्