१८ असार २०८३, बिहीबार

पतिले दिनहुँ ननुहाएकाे भन्दै यस्तोसम्म गरिन् पत्नीले...

पुस २७, २०७६
पतिले दिनहुँ ननुहाएकाे भन्दै यस्तोसम्म गरिन् पत्नीले...

आफ्नो जीवनसाथीको खराब बानीका कारण महिलाहरू केसम्म गर्छन् ? तपाईं सोच्नुहुन्छ झगडा, या अरू केही ? 

भारतको बिहारमा एक अनौठो घटना घटेको छ । बिहारको वैशाली जिल्लाकी एक महिलाले आफ्नो पतिको खराब बानीका कारण ‘डिभोर्स’ नै दिएकी छिन् ।

बिहार महिला आयोगमा ती महिलाले आफ्नो पतिले दैनिक रूपमा ननुहाएको र ब्रश नगरेको भन्दै आफू पतिसँग बस्न नचाएको बताएकी छन् । आयोगले यस घटनापछि दुवैजनालाई सम्झाई बुझाई गरेर पठाएका छन् ।  

यो घटना बिहारको वैशाली जिल्लाको नयाँगाउँकी २० वर्षीया सोनी देवीको हो ।

सोनी देवीले आफ्नो पतिको यस्तो बानीका कारण हैरान भएको बताएकी छिन् । पतिले दैनिक ब्रश नगरेको, दाह्री नकाटेको तथा ननुहाएको भन्दै उनी महिला आयोगसम्म पुगेकी हुन् । 

आयोले उनको पति २३ वर्षीय मनीष रामलाई आफ्नो बानी सुधार्नका लागि दुई महिनाको समय दिएको छ ।

तोकिएको समयमा उसले आफ्नो बानी नसुधारे आयोगले आवश्यकताअनुसार कारबाही गर्ने समेत आयोगले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्