
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदलाई 'पोलिटब्यूरो'को बन्धनबाट तत्काल मुक्त गर्न सत्तारूढ नेकपाका अध्यक्षद्वयलाई आग्रह गरेका छन् ।
संसद बैठक सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएपछि प्रवक्ता शर्माले ट्वीटरमार्फत आक्रोश पोखेका हुन् ।
'आदारणीय कमरेडद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओली ! दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने यहाँहरुको अकर्मण्यता आपत्तिजनक छ,' शर्माले लेखेका छन्, 'जनताको आस्थाको थलोलाई `पोलिटब्यूरो´को बन्धनबाट तत्काल मुक्त गर्नोस् । जय नेपाल !'
आदरणीय कमरेड द्वय @PM_Nepal र @cmprachanda दलगत अनिर्णयको बन्दी प्रतिनिधिशभालाई निरन्तर बनाउने यहाँहरुको अकर्मण्यता आपत्तिजनक छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 12, 2020
जनताको आस्थाको थलोलाई `पोलिट ब्युरो´ को बन्धनबाट तत्काल मुक्त गर्नोस् l
जय नेपाल !