०७ असार २०८३, आइतबार

चीनले बनायो चालकरहित ट्रेन, गुड्छ ३५० किलोमिटर प्रतिघन्टाको गतिमा

चीनले बनायो चालकरहित ट्रेन, गुड्छ ३५० किलोमिटर प्रतिघन्टाको गतिमा

चीनले तीव्र गतिको रेलवे विस्तार गर्ने आफ्नो योजनालाई एक कदम अघि बढाएको छ । 

सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिक आउनै लाग्दा बेइजिङ र ओलम्पिक हुने शहर झाङजियाकोउलाई जोड्ने १०८ माइल लामो तीव्र गतिको रेलवे लाइन सञ्चालनमा ल्याएको छ । पहिला ती दुई शहरबीचको दूरी पार गर्न तीन घन्टा लाग्थ्यो भने अब जम्मा ४७ मिनेट लाग्नेछ ।

चीनको फुक्सिङ सिरिजको यो रेल ३५० किलोमिटर प्रतिघन्टामा दौडिन सक्छ र यसमा कुनै चालक छैन । यो संसारकै पहिलो यति तीव्र गतिको चालकरहित ट्रेन हो । यसलाई संसारकै पहिलो स्मार्ट तीव्र गतिको रेलवे भनिएको छ । 

यो बनाउन लगभग चार वर्ष लागेको हो । यसलाई जिङ–झाङ हाईस्पीड रेलवे नाम दिइएको छ र यसले बेइजिङ, यानकिङ र झाङजियाकोउलाई जोड्छ । आउँदै गरेको शीतकालीन ओलम्पिकमा यी तीनै शहरमा खेल आयोजना गरिँदैछ ।

यो रूट १० वटा स्टेसनमा रोकिनेछ । त्यसमा बादालिङ चाङ चेङ पनि पर्छ । चीनको ग्रेटवालको सबभन्दा लोकप्रिय सेक्सन त्यही हो । 

स्मार्ट ट्रेनका डब्बाहरूमा ५जी सिग्नल, इन्टेलिजेन्ट लाइटिङ र २७ सय १८ वटा सेन्सर छन् । तिनले रियल टाइम डेटा संकलन गर्छन् र सञ्चालनका क्रममा कुनै असामान्य स्थिति आएमा पत्ता लगाउँछन् । 

प्रत्येक सीटमा टचस्क्रीन कन्ट्रोल प्यानल र वायरलेस चार्जिङ डक छन् । 

रूटमा चल्ने तीव्र गतिका ट्रेनहरू स्वचालित भए पनि निगरानीका लागि एक चालक पनि रहनेछन् । ट्रेनहरू स्वतः स्टार्ट हुन्छन्, बन्द हुन्छन् र स्टेसनहरूका बीचमा विभिन्न स्पीड लिमिटमा एड्जस्ट हुन्छन् ।

स्टेसनमा रोबोट र अनुहार चिन्ने प्रविधि जडान गरिएको छ । यात्रुहरूलाई दिशा निर्देश गर्न, लगेजका बारेमा बताउन र चेकइन गराउन तिनले मद्दत गर्नेछन् ।

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्