२५ असार २०८३, बिहीबार

राष्ट्रिय हितमा रहेको भन्दै कांग्रेसद्वारा अविलम्ब एमसीसी अनुमोदन गर्न माग

राष्ट्रिय हितमा रहेको भन्दै कांग्रेसद्वारा अविलम्ब एमसीसी अनुमोदन गर्न माग
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अविलम्ब संसदबाट अनुमोदन गर्न सरकारसँग माग गरेको छ ।

आइतवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा नेपाली कांग्रेसका जीतेन्द्र नारायण देवले देश विकासको लागि आउन लागेको आर्थिक सहयोगलाई नेकपाको राजनीतिक सिद्धान्तको बन्दक नबनाउन आग्रह गरेका हुन् । उनले एमसीसी राष्ट्रिय हितमा रहेको समेत बताए । 

‘एमसीसी अनावश्यक ढंगले कसैको ईशारामा या राजनीतिक दलको आइडोलोजिको बन्दक बनाउने काम भएको छ । सम्झौताको कन्टेनलाई डाइभर्ट गर्ने ढंगबाट सत्ताधारी पार्टीको बहस गरेको छ,’ सांसद  देवले भने, ‘प्रस्तावमा आर्थिक विकास गर्ने भनेको छ र गरीबी निवारण गर्ने भन्ने विषयमा मात्र केन्द्रीत रहेछ । नेपालकै विद्वानले वामपन्थी झुकाव राख्नेहरूले पनि यो योजना चाहिन्छ भनिरहेका छन् भने अनुमोदन गर्न किन विलम्ब गर्ने ?’

नेपालको अर्थतन्त्रलाई समद्धितर्फ लैजाने हो भने कनेक्टिभिटी र इनर्जीमा लगानी गर्नुपर्ने र त्यसका लागि एमसीसी महत्वपूर्ण सावित हुने पूर्वमन्त्री देवले दाबी गरे । ‘एमसीसी राष्टिय हितमा छ, रणनीतिक सडक भनेको आर्थिक विकाससँग सम्बन्धित कुरा हो । सैनिक गठबन्धनको कुरा होइन,’ उनले भने, ‘एमसीसीलाई चाँडो भन्दा चाँडो अगाडि बढाउनुपर्छ । यसमा प्रतिपक्षले समर्थन गर्नेछ ।’

प्रतिनिधिसभामा दर्ता भएको एमसीसी अनुमोदन गर्ने/नगर्ने विषयमा नेकपामा छलफल चलिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्