भद्रकुमारी घले सेवा सदनले १६ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरेको छ ।
शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्राध्यापक अभि सुवेदी, अन्वेषक काजी रोशन, वरिष्ठ पत्रकार भैरव रिसाललगायतलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ५० भन्दा बढीलाई नगद पुरस्कार सहित सम्मान गरिएको आयोजकले बताए ।
पंचायतकालमा राज्यमन्त्री बनेकी अविवाहित भद्रकुमारी घलेको नाममा खोलिएको सेवा सदनले प्रत्येक वर्ष विशिष्ठ योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने गरेको छ ।