३१ जेठ २०८३, आइतबार

अघिअघि 'तान्हाजी’, पछिपछि 'छपाक'

पुस २९, २०७६
अघिअघि 'तान्हाजी’, पछिपछि 'छपाक'

शुक्रबारबाट प्रदर्शनमा आएको दीपिका पादुकोणको ‘छपाक’लाई सोही दिन प्रदर्शनमा आएको अजय देवगनको ‘तान्हाजी’ले बक्स अफिसमा पछारेको छ।

दुई दिनमा दुवै फिल्मले राम्रो ओपनिङ गरे पनि कलेक्सनका हिसाबले भने तान्हाजीले छपाकलाई उछिनेको हो। धेरै सो पाएकाले अजयको तान्हाजीले दीपिकाको छपाकभन्दा तीन गुना बढी कलेक्सन गरेको हो।

दीपिकाको छपाकले रिलिजको दिन चार करोड ७७ लाख भारु र अजयको तान्हाजीले ६ करोड ९० लाख भारु कलेक्सन गरेको थियो। मेघना गुलजार निर्देशित छपाक एसिडपीडित सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित फिल्म हो। तान्हाजीमा अजय देवगनको साथमा काजोल, सेफ अली खान, ल्युक कैनी, शरद केलकरको अभिनय छ। यो फिल्मले दोस्रो दिन शनिबार २० करोड ५७ लाख भारु कमाएको छ।

तान्हाजीलाई भारतमा तीन हजार आठ सय ८० स्क्रिन प्राप्त भएको छ। ओभरसिजमा यो फिल्मलाई ६ सय ६० स्क्रिनमा प्राप्त भएको छ। फिल्मले संसारभर चार हजार पाँच सय ४० स्क्रिन पाएको छ। त्यस्तै छपाकले भारतमा एक हजार सात सय स्क्रिन पाएको छ। ओभरसिजमा यो चलचित्रले चार सय ६० स्क्रिन पाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्