०५ असार २०८३, शुक्रबार

मन्त्री पुनले ओमान पुगेर गरे समवेदना प्रकट

मन्त्री पुनले ओमान पुगेर गरे समवेदना प्रकट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट ओमान सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय नविरकणीय ऊर्जा संघ (आईरिना) ओ १० औं साधारणसभामा सहभागी हुन यूएईको अबुधाबी पुगेका मन्त्री पुनले त्यहीँबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरे । मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदनापत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरे ।

त्यस अवसरमा मन्त्री पनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच पवगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । भेटमा सुल्तान हाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद ज्ञापन गरे । 

सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । समवेदना प्रकट गर्ने सिलसिलामा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा मन्त्री पुनका सचिवालय प्रमुख समेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं समेत सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्