०८ असार २०८३, सोमबार

सडकले निल्यो यात्रुवाहक बस, ६ जनाको मृत्यु (भिडियो)

सडकले निल्यो यात्रुवाहक बस, ६ जनाको मृत्यु (भिडियो)

उत्तरपश्चिमी चीनको एक सडकमा उभिरहेको बसमुनि ठूलो खाल्डो बनेर बस त्यसभित्र पसेपछि कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनापछि अन्य १० जना हराइरहेका छन् । 

घटनाको भिडियो सामाजिक सञ्जालमा आएको छ । शिनिङ शहरको सडकमा बस यात्रुहरूलाई राख्नका लागि रोकिँदा जमीन भासिएर खाल्डो बनेको थियो । त्यसपछि बस अगाडिपट्टिको भागबाट खाल्डोभित्र पस्यो । त्यसको केही समयपछि खाल्डोभित्र विस्फोट भएर चम्किलो उज्यालो आएको देखिन्छ । 

चीनको सरकारी टीभी सीसीटीभीका अनुसार, उद्धारकर्ताहरूको टोलीले हराइरहेका १० यात्रुको खोजी गरिरहेका छन् भने दुर्घटनाको कारणका बारेमा अनुसन्धान चलिरहेको छ । 

सडकमा यसरी खाल्डो बन्ने काम दुर्लभै हुने गर्छ तर चीनमा यो भइरहन्छ । गत सेप्टेम्बर महिनामा गुयुआन शहरमा ६० मिटर ठूलो खाल्डो बनर एउटा ट्याक्सी सिंगै निलेको थियो । तर त्यसमा परी कसैको पनि मृत्यु भएको थिएन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्