
फ्रान्सका वकिलहरूले सरकारबाट आएको पेन्सन सुधार प्रस्तावको विरोधमा एक्यबद्धता जनाउनका लागि आफ्ना वस्त्रहरू फ्याँकेका छन् । विगत दुई महिनादेखि अलोकप्रिय पेन्सन सुधारविरुद्ध हडताल चलिरहेको छ ।
फ्रान्सका सबै शहरका बार एसोसिएसनले नाटकीय प्रदर्शनमा भाग लिएर जनताको ध्यान आकर्षण गरेका छन् । विगत डिसेम्बर ५ देखि आम हडताल जारी छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा वकिलहरूले आफ्ना वस्त्र फ्याँकेको अनि कफिन अफ जस्टिस बोकेको र कानूनका किताब जम्मा गरेर एसओएस देखाएको अनि विरोध गीतहरू गाएको देखिन्छ । इम्मानुएल म्याक्रों सरकारले सार्वजनिक गरेको नयाँ पेन्सन प्रणाली फिर्ता लिनका लागि उनीहरूले माग राखेका छन् ।
हडतालका कारण अनेकौं पुर्पक्षहरूमा अवरोध पुगेको छ ।
वकिलहरूसँगै अन्य व्यावसायिक समूहहरूले पनि पेन्सन योजनाको विरोध गरिरहेका छन् । विद्यमान पेन्सन योजनाले सबैथरीलाई एकै किसिमले नदिने गरेकाले अन्यायपूर्ण र महंगो भएको भनी म्याक्रोंले गुनासो गरेका छन् । त्यसलाई सबैलाई हुने एउटै पेन्सन योजनाले स्थानापन्न गर्ने प्रस्ताव उनले ल्याएका छन् ।
हडताल छैठौं हप्तामा पुग्दा सरकारले सबभन्दा विवादास्पद प्रस्ताव फिर्ता लिने बताउँदै रिटायर हुने उमेर ६२ बाट बढाएर ६४ पुर्याएको छ । तर सबै युनियनले यो अफर स्वीकार गरेका छैनन् ।
फ्रान्समा विगत एक वर्षदेखि येल्लो भेस्ट आन्दोलन पनि चलिरहेको छ । येल्लो भेस्ट आन्दोलनकारीहरूले अहिलेका हडतालकर्ताहरूसँग एक्यबद्धता गरेर शहरहरूमा जुलूस निकालेका छन् । गत आइतवार निकालिएको जुलूसमा देशभरिबाट १३ लाख मानिस सहभागी भएको बताइएको छ ।
Les avocats du barreau de Bayonne reconduisent le mouvement de grève contre la réforme des retraites et jettent leur robe devant le palais de justice de #Bayonne pic.twitter.com/PRuocdxCU5
— France Bleu Pays Basque (@Bleu_Basque) January 13, 2020
एजेन्सी